०६ असार २०८३, शनिबार

सोल्टी होटेलमा रहेको माजोङ क्यासिनोका सञ्चालक पक्राउ

सोल्टी होटेलमा रहेको माजोङ क्यासिनोका सञ्चालक पक्राउ

काठमाडौं, ५ वैशाख– काठमाडौंको सोल्टी होटेलमा रहेको माजोङ क्यासिनोका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा नेपालीलाई क्यासिनोमा छिराएर जुवा खेलाएको अभियोगमा प्रहरीले क्यासिनोका सञ्चालक तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठलाई पक्राउ गरेको हो । 

सञ्चालक विनाेदसहित क्यासिनोका म्यानेजर ओम कर्माचार्यलाई पनि प्रहरीले पक्राउ गरेको छ । माजोङ क्यासिनोले नेपालीलाई प्रवेश गराइ जुवा खेलाइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलवार राति क्यासिनोमा छापा मारेको थियो । 

प्रहरीले क्यासिनोमा जुवा खेलीरहेका ८ जना जुवाडेलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्ने जुवाडेहरुमा मकवानपुरको हेटौंडाका बिकल्प पोखरेल, ललितपुरका शंखर पौडेल, काठमाडौं स्वयम्भूका तेन्जिङ मेलेक, काठमाडौं बौद्धका रञ्जित खड्गी, ललितपुरका अरुण सेडाई र मुस्ताङको मुक्तिनाथ घर भएका साङजे पासाङ ठकुरी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्