२७ जेठ २०८३, बुधबार

साढे नौहजार वर्ष पुरानो मानिसको अनुहार यस्तो थियो !

कात्तिक १७, २०७९
साढे नौहजार वर्ष पुरानो मानिसको अनुहार यस्तो थियो !

काठमाडौं — वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले साढे नौहजार वर्ष पुरानो मानिसको अनुहार बनाउन सफल भएका छन् ।

बेलायतको संग्रहालयमा राखिएको जेरिको स्कलमा (जेरिको खप्पर) अनुहारको ढाँचा कोरेर त्यत्ति धेरै वर्षपहिलेको मानिसको अनुहार पत्ता लागेको हो । 

जेरिको स्कललाई संग्रहालयकै सबभन्दा पुरानो चित्रका रूपमा लिइन्छ । यसलाई रहस्यमयी मानिन्छ किनकि यो टुक्रिएको मानव खप्पर हो । यसमा आँखाको सकेट छ अनि यो प्लास्टरले छोपिएको छ । 


डिजिटल इमेजिङ र थ्रीडी प्रिन्टिङका मद्दतले विशेषज्ञहरू जेरिको खप्परमा रहेको मानव चेहरालाई पुनः सिर्जना गर्न सफल भएका थिए । 

नयाँ ढुंगे युगतिरको मानिसको खप्पर सन् १९५३ मा पुरातत्ववेत्ता क्याथलीन केन्योनले पत्ता लगाएकी थिइन् । 
खप्परको माइक्रो सिटी स्क्यान गरेपछि अनुसन्धानकर्ताहरूले प्लास्टरभित्र छोपिएको अनुहार बाहिर ल्याएका थिए । 


यो एक वयस्क मानिसको खप्पर भएको पत्ता लाग्यो । पुरुषकै खप्पर हुनुपर्छ यो । 

खप्परमा धेरै चोटपटकका चिह्न छन् । 

तर फ्लेचर लगायतका वैज्ञानिकको टोलीले प्रविधिको मद्दतले खप्परबाट अनुहार बनाउन सफल भए । खप्पर र यसको अनुहारलाई बेलायती संग्रहालयमा फागुनसम्म राखिनेछ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्