१० साउन २०८३, आइतबार

बुवा गुमाएकी प्रेरणाको अभिभावक बने सांसद चौधरी

बुवा गुमाएकी प्रेरणाको अभिभावक बने सांसद चौधरी

धनगढी, ५ बैशाख– कैलालीको कैलारी गाउँपालिकास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत तीन अनाथ बालिकाहरुको अभिभावकत्व ग्रहण गरिएको छ ।

प्रदेश नं. ७ का प्रदेश सांसद वीरमान चौधरी, गाउँपालिका अध्यक्ष लाजुराम चौधरी र वडा नं. २ का वडा अध्यक्ष सन्तु चौधरीले आज (बुधबार) एक कार्यक्रमका बीच अभिभावकत्व ग्रहण गरेका हुन् ।

सांसद चौधरीले कक्षा ८ मा अध्ययनरत छात्रा प्रेरणा बोहराको अभिभावकत्व ग्रहण गरेका छन् । गाउँपालिका–२ लक्कडकी बोहरा सानैमा आमा बुवा गुमाएपछि आफन्तको घरबाट अध्ययन गर्दै आएकी थिइन् ।

त्यस्तै, गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले कक्षा ६ मा अध्ययनरत विपना परियारको अभिभावकत्व ग्रहण गरेका छन् । गाउँपालिका–२ रामपुरकी परियारले पनि सानैमा अभिभावक गुमाएपछि आफन्तको घरबाट अध्ययनरत छिन् ।

वडा अध्यक्ष सन्तराम चौधरीले कक्षा ७ मा अध्ययनरत शिवानी चौधरीको अभिभावकत्व स्वीकार गरेका छन् । गाउँपालिका–१ रानामुडाकी शिवानी चौधरी सानैमा बुवा आमा गुमाएपछि उनको संरक्षण आजीवन नेत्रहिन बाजे–बजैबाट हुँदै आएको थियो ।

विद्यालयका प्राधानाध्यापक जीतबहादुर रावतले अनुसार तीन बालिकाहरुको आधारभुत तहसम्मको शिक्षा दिक्षाको जिम्मेवारी लिने गरी अभिभावकत्व ग्रहण गराइएको जानकारी दिए ।

त्यस्तै, सांसद चौधरीले आफूले अभिभावकको जिम्मेवारी वहन गर्न पाउँदा गर्व महसुस गरेको बताए । गरिब तथा असहाय भएकै कारण कोही पनि शिक्षाबाट वञ्चित हुन नपरोस् भनी आफूहरुले अभिभावकत्व स्वीकार गरेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्