×

NMB BANK
NIC ASIA

नयाँ वर्षमा नेप्से ५ प्रतिशतले सुधार, बुधबार एक वर्षयताकै उच्च कारोबार

बैशाख ५, २०७५

NTC
Premier Steels

काठमाडौं, ५ वैशाख-शेयर बजारका लगानीकर्ताहरू नयाँ वर्षमा आशावादी देखिएका छन् । यो वर्ष वैशाख २ गते पहिलो दिन खुलेको शेयर बजारमा ४ दशमलव ७३ अंकले गिरावट आएको थियो । त्यसपछिका २ दिन मंगलबार र बुधबार शेयर बजार परिसूचक नेप्सेमा राम्रो सुधार देखिएको छ ।

Muktinath Bank

मंगलबार २ दशमलव ५९ प्रतिशतले सुधार भएको नेप्से ३३ दशमलव ६१ अंकले बढेको थियो । मंगलबार १३ सय ३१ दशमलव १८ अंकमा रोकिएको नेप्सेमा बुधबार पनि उच्च सुधार देखियो । बुधबार नेप्सेमा २ दशमलव ३९ प्रतिशतले बढ्दै ३१ दशमलव ८३ अंकको सुधार भयो । बुधबार १३ सय ६३ दशमलव १ अंकमा आएर बजार बन्द भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली शेयर बजारमा बुधवार झण्डै एक वर्षयताकै उच्च कारोबार भयो । बुधबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा बजारमा एकाएक ५९ दशमलव ८६ अंकको वृद्धि भयो भने एक अर्ब १२ करोड रुपैयाँको कारोबार भयो ।


Advertisment
Nabil box
Kumari

बुधबार सबै सूचक तथा उपसूचक उकालो लागेका छन् । सबैभन्दा धेरै हाइड्रोपावरको उपसूचक ६ दशमलव ९२ प्रतिशतले बढे पनि बीमा कम्पनीहरूको सबैभन्दा धेरै ३९ करोड ३४ लाख रुपैयाँको कारोबार भयो । सबैभन्दा धेरै युनाइटेड इन्स्योरेन्स कम्पनीको ५ करोड ९२ लाख रुपैयाँको कारोबार भयो । बुधबार सबैभन्दा धेरै ङादी पावरका शेयरधनीले १० प्रतिशतले कमाएका छन् भने एशियन लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४ दशमलव २६ प्रतिशतले गुमाएका छन् ।

Vianet communication

मंगलबार र बुधबार गरी शेयर बजारमा ४ दशमलव ९८ प्रतिशतले वृद्धि हुँदै ६५ दशमलव ४४ अंकले बढेको छ ।

बजारमा देखिएको उच्च सुधारलाई विश्लेषकहरूले सुखद् संकेतका रूपमा लिएका छन् । विश्लेषक दीपेन्द्र अग्रवालले सरकारको बजारलाई हेर्ने दृष्टिकोण पर्खिरहेका लगानीकर्ता बजारमा आउँदा बजारमा सुखद् अवस्था आएको बताए ।

उनले भने, ‘लगानीकर्ताहरू अन्योलमा थिए, तर नयाँ वर्षसँगै प्रधानमन्त्रीको सम्बोधन लगायतका कुराले देशले स्थिरताको बाटो समातेको स्पष्ट भएपछि लगानीकर्ताहरू बजारमा सरेका छन् । यसले अब शेयर बजारमा उच्च सुधार हुने अपेक्षा छ ।’

गत वर्षमा फर्किँदा

गत वर्ष चुनावअघि एमाले र एकिकृत माओवादी केन्द्र मिलेर बामगठबन्धन बनाउँदा लगानीकर्ता स्थिर सरकार बन्ने निश्चित भएपछि उत्साहित भए । त्यसपछिको केही समय शेयर बजारमा निकै उतारचढाव देखा पर्‍यो । चुनावपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ता छोड्नु र बाम सरकार आउनुपूर्व पनि शेयर बजार घट्दो क्रममा देखिएको थियो ।

त्यतिबेला निराश लगानीकर्तालाई प्रधानमन्त्री बन्न लागेका समयमा केपी शर्मा ओलीले पूँजी बजारमा ठोस कदम चाल्ने भन्दै उत्प्रेरित गराएका थिए ।

वामगठबन्धनको सरकार निर्माणपछि पनि शेयर बजारमा निकै उतार चढाव देखियो । सरकारले अर्थमन्त्रीमा अर्थशास्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेपछि बजारमा उत्साह थपिने गरिएको अपेक्षाविपरित बजार निकै तल झर्‍यो ।

नयाँ सरकार गठन हुने समयका बीचमा सरकार गठनपछि सकरात्मक परिवर्तनसहित बजारमा सुधार आउनेमा आम लगानीकर्ता विश्वस्त जस्तै थिए । फलस्वरूप वाम गठबन्धकका तर्फबाट सरकारको प्रधानमन्त्रीमा ओली नियुक्ति भएको दिन फागुन ३ गते साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा ३६ अंकको वृद्धि भएको थियो ।

तर बजारमा आएको त्यो वृद्धि अर्को कारोबार दिनमा नै ११ अंकले घट्न पुग्यो ।

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएको दिनदेखि अर्थमन्त्री नियुक्त भएको भएको दिनसम्ममा नेप्से परिसूचक ५० अंकले तल आइसकेको थियो ।

अर्थतन्त्रका ज्ञाता मानिएका खतिवडा अर्थमन्त्री नियुक्त भएको दिन नै बजार १५ अंकले घट्न पुग्यो । त्यसयता अपवादबाहेक अधिकांश दिन नेप्से घटि नै रह्यो ।

२०७४ मा शेयर कारोबार हुने अन्तिम दिन बजार बढेर बन्द भएको थियो । वर्षको अन्तिम दिन कारोबार भएदेखि बढेको बजार अन्त्यमा ४ दशमलव २२ अंकले बढेर १ हजार २ सय ७७ दशमलव ५५ विन्दुमा पुगेर बन्द भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x