०२ असार २०८३, मंगलबार

विद्युत प्राधिकरणका कर्मचारी ३० हजार घुससहित पक्राउ

विद्युत प्राधिकरणका कर्मचारी ३० हजार घुससहित पक्राउ

महोत्तरी, ५ वैशाख– नेपाल विद्युत प्राधिकरणको महोत्तरीको जलेश्वरस्थित वितरण केन्द्रका दुई कर्मचारी ३० हजार घुस रकमसहित पक्राउ परेका छन् । 

वितरण केन्द्रको प्राविधिक तेस्रो तहका कर्मचारी लालबाबु पण्डित र प्राविधिक चौथो तहका कर्मचारी बाबुसाहेब सिंहलाई घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

उनीहरुले थ्री फेजको विद्युत लाइन जडान गर्ने प्रयोजनार्थ सेवाग्राहीबाट घुस मागेका थिए । 

दुवै जनालाई महोत्तरीको जलेश्वरस्ति शुभलाभ बस्त्रालयमा घुस लिँदै गर्दा बुधवार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्