२५ असार २०८३, बिहीबार

क्युवाको नयाँ राष्ट्रपति कनेल बन्ने पक्का

बैशाख ६, २०७५
क्युवाको नयाँ राष्ट्रपति कनेल बन्ने पक्का

काठमाडौं, ६ वैशाख– क्युवाको संसद्ले ५७ वर्षिय मिगेल डियाज कनेललाई नयाँ नेतामा चयन गरेको छ । योसँगै क्युवाको नयाँ राष्ट्रपति पनि उनी नै बन्ने छन् । उनले ८६ वर्षीय राष्ट्रपति राउल क्यास्त्रोको स्थान लिनेछन् ।

संसद्ले नयाँ नेता चयन गरेसँगै क्युवाको नेसनल एसेम्लीले उनका नाममा मतदान गर्दै नयाँ राष्ट्रपति चयन भएको घोषणा गर्ने छ । राउल क्यास्त्रोले पद छाडे पनि साम्यवादी मुलुक क्युवाको राजनीतिमा प्रभावशाली व्यक्ति कै रुपमा रहनेछन् ।

क्यास्त्रो परिवार दशकौंदेखि क्युवाको सत्तामा रहँदै आएको छ । राउल क्यास्त्रोले सन् २००६ मा दाई फिडेल क्यास्त्रोको हातबाट सत्ता आफ्नो हातमा लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्