१७ असार २०८३, बुधबार

एउटै वडाका पाँचवटा सडक एकैसाथ उद्घाटन

बैशाख ६, २०७५
एउटै वडाका पाँचवटा सडक एकैसाथ उद्घाटन

खोटाङ, ६ वैशाख- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एकैसाथ पाँच सडक उद्घाटन गरिएको छ । 

एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक बुधबार उद्घाटन गरिएको हो । 

आर्थिक वर्ष २०७४/७५ मा नगरपालिकाबाट वडा कार्यालयका लागि विनियोजित रु ५० लाखको खर्चमा निर्माण गरिएको पाँच वटा सडक नगर प्रमुख दीपनारायण रिजालले उद्घाटन गर्नुभयो । चार किलोमिटर लम्बाइ भएको एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक रु ३० लाखको लागतमा र वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक रु आठ लाखको लागतमा निर्माण गरिएको हो । 

यस्तै, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक रु चार–चार लाखमा निर्माण गरिएको वडाध्यक्ष ललितकुमार राईले बताउनुभयो । सडक उद्घाटनपछि बाम्राङको सबै टोलमा सहज रुपमा यातायात सञ्चालन हुन थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्