१३ असार २०८३, शनिबार

उत्तर कोरियाली नेता किमले वैज्ञानिकहरूलाई यौन उत्तेजना बढाउने औषधी बनाउन लगाए

कात्तिक २०, २०७४
उत्तर कोरियाली नेता किमले वैज्ञानिकहरूलाई यौन उत्तेजना बढाउने औषधी बनाउन लगाए
काठमाडौं, २७ मंसिर — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले पुरुषहरूका लागि यौन उत्तेजना बढाउने औषधी बनाउन लगाएको खुलासा भएको छ ।


आफ्नो देशका वैज्ञानिकहरूलाई यौन दुर्बलता दूर गर्ने यस्तो औषधी बनाएर पुरुषले ओछ्यानमा राम्रो प्रदर्शन गरून् भन्ने किमको चाहना रहेको बुझिएको छ ।

ती औषधीहरू बेलायतीले प्रयोग गर्ने गरेका छन् । औष्धीको प्याकेजमा अंग्रेजी भाषामा निर्देशन लेखिएको पाइन्छ ।

एउटा झोल टनिक त समुद्री जीवबाट बनेको हो जसले यौन दुर्बलतालाई हटाउँछ ।

औषधीले शारीरिक र मानसिक थकान पनि दूर गर्ने बताइएको छ ।

अर्को औषधी भने अधबैंसे मान्छेहरूप्रति लक्षित छ र यो सर्पको शरीरबाट बनाइएको हो ।

यौन सबलता दिनुका अलावा यसले क्षयरोग पनि ठीक पार्ने बताइएको छ ।

उत्तर कोरियाली वैज्ञानिकहरूले रोगप्रतिरोधात्मक शक्तिलाई बढाउने अनि क्यान्सर निको पार्ने ५० थरी औषधी बनाएको दाबी गरेका छन् ।

यी औषधीहरूले प्रयोगकर्तालाई एडिक्ट नबनाउने र लामो समय प्रयोग गरेपनि कुनै साइड इफेक्ट नहुने बताइएको छ ।

वैज्ञानिकहरूका अनुसार कामदारलाई बढी उत्पादनमूलक बनाउनका लागि दिमागलाई पोषण दिने औषधी पनि विकसित गरिएको छ ।

मिरर युके

salt training

कमेन्ट गर्नुहोस्