१२ असार २०८३, शुक्रबार

असुरक्षित बन्दै विराटनगर, युवकमाथि छुरा प्रहार गरी लुटपाट

बैशाख १०, २०७५
असुरक्षित बन्दै विराटनगर, युवकमाथि छुरा प्रहार गरी लुटपाट
सन्दर्भ तस्वीर

विराटनगर, १० वैशाख– पछिल्ला दिनमा विराटनगर असुरक्षित बन्दै गएको छ । प्रहरीले सक्रियता बढाएको जनाए पनि आक्रमण, कुटपिट, छुरा प्रहार, वम आक्रमण तथा गोली प्रहार सम्मका घटना भइरहेका छन् । 

तर, यसलाई नियन्त्रण गर्ने संयन्त्र भने फितलो बन्दै गएको छ । मोरङको विराटनगर–११ मा गएराति एक युवकमाथि चक्कु प्रहार गरी लुटपाट भएको छ । विराटनगर–११ स्थित सगरमाथा वोर्डिङ स्कुल नजिकै डेरा गरी बस्ने सप्तरी महुली–६ घर भएका १७ वर्षीय आशिष चौधरीमाथि अपरिचित ४/५ जनाको समूहले चक्कु प्रहार गरी नगद १८ हजार रुपैयाँ तथा मोबाइल लुटेको प्रहरीले जनाएको छ ।

राती १० बजे डेरातर्फ जाँदै गरेका चौधरीलाई उक्त समूहले रोकेर चक्कु हानी लुटपाट गरी फरार भएको घाइते चौधरीले प्रहरीलाई बताए । चौधरीको बाँया कुममा चक्कुले काटेको छ । 

उनलाई उपचारका लागि कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । लुटपाटमा संलग्न समूहको प्रहरीबाट खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी सुनसरीको इटहरी ५ स्थित भित्री सडकमा गएराति स्थानीय २३ वर्षीय नगेन्द्र यादवलाई बाटोमा मदिरा सेवन गरेका तीन जनाको समूहले छुरा प्रहार गरी फरार भएका छन् । यादवको ढाडमा र बाँया पातामा छुरा लागेको छ ।

उनको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको छ । घटना बारेमा प्रहरीबाट अनुसन्धान एवं छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्