२३ जेठ २०८३, शनिबार

सन्दीपले बलिङ गर्न नपाएको दिल्ली हार्यो,  किंग्स इलेभेन पन्जाव ४ रनले विजयी

बैशाख १०, २०७५
सन्दीपले बलिङ गर्न नपाएको दिल्ली हार्यो,  किंग्स इलेभेन पन्जाव ४ रनले विजयी

काठमाडौं, ११ बैशाख– आईपीएल क्रिकेट अन्तर्गत सोमबार अबेर सम्पन्न खेलमा   दिल्ली देयरदेभिल्स  किंग्स इलेभेन पन्जावसँग पराजित भएको छ ।  दिल्ली किंग्स इलेभेन पन्जावसँग ४ रनले पराजित भएको हो ।

दिल्लीमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने समेत  भएपनि आजको खेलमा समेत उनलाई अन्तिम ११ मा समावेश गरिएको थिएन। कमजोर बलिङका कारण ५ मध्ये ४ खेलमा पराजित भएको दिल्लीले लेग स्पिनर सन्दीपलाई मौका दिने चर्चा थियो । तर  उनी बिनै खेलेको दिल्ली पराजित हुन पुग्यो ।

पहिले ब्याटिङ गरेको किंग्स इलेभेन पन्जावले २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४२ रन बनायो । 

१४३ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको दिल्ली पूरै २० ओभर खेल्दा १३९ रनमा अलआउट भयो । 

किंग्स इलेभेन पन्जावको जितमा करुण नैरले सर्वाधिक सर्वाधिक ३४ रनको योगदान दिए । 

salt training

कमेन्ट गर्नुहोस्