२७ जेठ २०८३, बुधबार

सौर्य ऊर्जाबाट थोपा सिँचाइ

बैशाख ११, २०७५
सौर्य ऊर्जाबाट थोपा सिँचाइ

झापा, ११ वैशाख- झापाको अर्जुनधारा नगरपालिकामा थोपा सिँचाइ प्रविधि भित्र्याइएको छ । 

कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जाबाट सञ्चालन हुने थोपा सिँचाइ प्रविधि भित्र्याइएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार नगर क्षेत्रका ३० जना किसानलाई अनुदानमा थोपा सिँचाइ प्रविधि उपलब्ध गराउने तयारी भइरहेको छ । “विशेष गरी तरकारी उत्पादन गरिरहेका किसानलाई लक्षित गरेर यो प्रविधि भित्र्याउन लागिएको हो”, उहाँले भन्नुभयो, “यसको परीक्षण प्रदर्शनी पनि गरिसकेका छौँ ।” 

किसानलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ६० प्रतिशत अनुदान र किसानको ४० प्रतिशत लागत सहभागितामा यो प्रविधि उपलब्ध गराइने भट्टराईले जानकारी दिनुभयो । 

यो प्रविधि सौर्य ऊर्जामार्फत पानी तानेर ट्याङ्कीमा जम्मा गर्ने र प्लाष्टिक पाइपको माध्यमले प्रत्येक बिरुवामा थोपा सिँचाइ गरिन्छ । हाल यो क्षेत्रका किसानले बोरिङबाट सिँचाइ गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्