१३ असार २०८३, शनिबार

वर्षाले काँचो इँटा नष्ट

बैशाख ११, २०७५
वर्षाले काँचो इँटा नष्ट

तनहुँ, ११ वैशाख- केही दिनअघि आएको भीषण हावाहुरी र असिना पानीले तनहुँको म्याग्दे गाउँपालिकामा रहेका इँटा उद्योगमा क्षति पुर्याउँदा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको छ । 

म्याग्दे गाउँपालिकामा रहेको पोख्रेली र माछापुच्छ्रे ब्रिक फ्याक्ट्रीमा उत्पादन गरिएको ठूलो परिमाणको काँचो इँटामा क्षति पुग्दा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको हो । उत्पादन गरी सुकाउन राखिएको रु चार लाखको इँटामा वर्षाले क्षति पुर्याएको पोख्रेली इँटा उद्योगका सञ्चालक केदारनाथ घिमिरेले बताउनुभयो । 

९० प्रतिशत काँचो इँटामा असिना पानीले क्षति पुर्याएको हो, घिमिरेले भन्नुभयो । माछापुच्छ्रे ब्रिक फ्याक्ट्रीका प्रोप्राइटर हर्कबहादुर गुरुङले पनि वर्षाले लाखौँ रुपैयाँ बराबरको इँटामा नोक्सानी पुर्याएको बताउनुभयो । उक्त इँटा उद्योगमा ११० जना मजदूरले रोजगारी गर्दै आएको सुभरपाइजर कृष्णहरि काफ्लेले बताउनुभयो । 

वर्षाका कारण तनहुँ जिल्लाका ब्यास नगरपालिका र अन्य गाउँपालिकाभित्र उत्पादित इँटामा समेत वर्षाले ठूलो क्षति पु¥याएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्