२३ जेठ २०८३, शनिबार

घाइते चिनियाँ नागरिक भेटन उत्तर कोरियाली नेता किम अस्पतालमा

बैशाख ११, २०७५
घाइते चिनियाँ नागरिक भेटन उत्तर कोरियाली नेता किम अस्पतालमा

बेइजिङ, ११ वैशाख -उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटनामा परी भएको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । 

आइतबार राति प्योङयाङ दक्षिण भागमा भएको यस दुर्घटनामा ३२ चिनियाँ र चार उत्तर कोरियाली नागरिक मारिएका थिए, भने दुई चिनियाँ नागरिक घाइते भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ । 

यस घटनापछि नेता किमले उत्तर कोरियास्थित चिनियाँ राजदूतलाई व्यक्तिगतरुपमा भेटघाट गर्नुभएको छ । साथै त्यसपछि अस्पताल गएर चिनियाँ घाइते नागरिकलाई समेत भेटवार्ता गर्नुभएको बताइएको छ । 

एक स्थानीय समाचारपत्रले अस्पतालमा गएर चिनियाँ नागारिकसँग भेटघाट गर्नुभएको नेता किमको फोटो छापेको बताइएको छ । 

उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको हिजो नै अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका थियो । 

salt training

कमेन्ट गर्नुहोस्