
काठमाडौं, ११ बैशाख– गीतकार अतृप्त पाण्डेयको आधुनिक गितीसंग्रह ‘अतृप्तज्योति’ बजारमा आएको छ । पाँच वटा आधुनिक गीत समेटिएको अतृप्तज्योति सोमबार राजधानीमा भएको एक समारोहमा लोकापर्ण गरिएको हो ।
एल्वमभित्र दुखै दुःखको भुमरीमा, कानेखुशी चल्दै थियो, मुटुमा बोकी, नसक्दा पनि म र दुख्छ्यौ दुखाउँछ्यौ गीत संग्रहित छन् । एल्वममा रहेका गीतहरुमा गायक संजय खड्गीको एकल स्वर तथा नारायण भण्डारी जनकपूरीको एकल संगीत रहेको छ ।
गीतकार पाण्डेयले आफ्नो आमाको बिछोडको पिडामा लेखेको गीत र श्रीमती ज्योतिसँगको दाम्पत्यजीवन समाप्त भएको पिडामा लेखेमा गीत यो एल्वममा समेटेका छन् । गीतकार पिडाहरुभित्रकपाण्डेयले आफ्नो पिडाहरुले जन्माएका शब्द सृजनाले संगीत क्षेत्रमा केही योगदान हुनेमा आशावादी रहेकोे बताए ।
एल्वम लोकार्पण कार्यक्रममा गीतकार चेतन कार्की, गजलकार बुँद राना, गीतकार तथा गजलकार डा कृष्णहरी बराल, संगीतकार दीपक जंगम, संगीतकार राजु सिंह, गायक आनन्द कार्की लगायतका अतिथिहरु उपस्थित थिए ।