०५ असार २०८३, शुक्रबार

विद्यार्थीलाई छुरा हान्ने व्यक्ति पक्रन प्रहरीको हवाइ फायर, ३ जना नियन्त्रणमा

बैशाख ११, २०७५
विद्यार्थीलाई छुरा हान्ने व्यक्ति पक्रन प्रहरीको हवाइ फायर, ३ जना नियन्त्रणमा

विराटनगर, ११ वैशाख-विद्यार्थीलाई छुरा प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले हवाइ फायर गरेको छ ।

पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथि छुरा प्रहार गर्ने मुख्य आरोपीलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि प्रहरीले एक राउण्ड हवाइ फायर गरेको हो ।

धरान- १५ स्थित महादेव चोकभन्दा तलबाट प्रहरीले कुम्बे भन्ने दिपल राईलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।

हिजो साँझ धरान–१५ विशाल चोकनजिकै साथीको घरबाट नोट लिएर आउने क्रममा विद्यार्थीमाथि आक्रमण भई मोबाइल र पैसा समेत लुट्ने प्रयास भएको थियो । आक्रमणबाट वाग्लुङका सुजन खड्का र काभ्रेका प्रदीप सापकोटा घाइते भएका थिए ।

छुराले दुवैको छातीमा चोट लागेको छ भने सुजनको हातमा समेत चोट लागेको प्रहरीले जनाएको छ । 

घाइते विद्यार्थीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइते सापकोटाको अवस्था सामान्य रहे पनि खड्कालाई भने आईसीयूमा राखेर उपचार भइरहेको छ ।

आक्रमणकारी धरान–१५ बस्ने विज्ञान लिम्बूलाई प्रहरीले सोमबार राति नै पक्राउ गरेको थियो । मंगलबार बिहान कुम्बे राई र लिम्बे भनिने विकेन लिम्बूलाई पक्राउ गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्