३१ जेठ २०८३, आइतबार

चीनको सहयोगमा यसरी ठडिँदैछ भूकम्पले ढलेको हनुमानढोका दरबार [फोटोफिचर]

बैशाख १२, २०७५
चीनको सहयोगमा यसरी ठडिँदैछ भूकम्पले ढलेको हनुमानढोका दरबार [फोटोफिचर]

काठमाडौं, १२ वैशाख– तीन वर्षअगाडि १२ वैशाख अर्थात् आजकै दिन गएको विनाशकारी भूकम्पका कारण धेरै ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरु ध्वस्त भए । सरकारी तथ्याङ्कअनुसार भूकम्पका कारण २० जिल्लाका ७४५ वटा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदामा क्षति पुगेको थियो । 

विश्व सम्पदा सूचीमा रहेका ८ वटा मानवनिर्मित २ वटा प्राकृतिक सम्पदा भूकम्पका कारण ध्वस्त नै भए । 

धार्मिक महत्वका स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बसन्तपुर दरबार स्क्वायर र चाँगुनारायण मन्दिर लगायत सम्पदाहरु क्षतिग्रस्त भए । 

भूकम्पले क्षतिग्रस्त भएका केही ऐतिहासिक सम्पदाको पुनर्निर्माण शुरु गरिएको छ । काठमाडौंको बसन्तपुर (हनुमानढोका) दरबारलाई चीन सरकारको आर्थिक सहयोगमा पहिलेकै अवस्थामा पुर्याउने काम भइरहेको छ । 

ऐतिहासिक अभिलेकअनुसार १७२९ सालमा राजा प्रताप मल्लले हनुमानको मुर्ति स्थापना गरेपछि रहन गएको भनिएको हनुमानढोका दरवार क्षेत्रमा ऐतिहासिक भवन र मन्दिर, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिव–पार्वतीको मन्दिर, ठूला घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत धार्मिक र ऐतिहासिक स्मारकहरु रहेका छन् ।

दरबारको पुनर्निर्माणमा यसको ऐतिहासिक पक्षलाई पुरानै अवस्थामा फर्काइने सरकारले जनाएको छ । हनुमानढोका दरबारको पुनर्निर्माण पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा भइरहेको छ । 

भूकम्प गएको ३ वर्षपछि कस्तो अवस्थामा छ त बसन्तपुर दरबार स्क्वायर (हनुमानढोका दरबार)को अवस्था ? यहि बुझ्न लोकान्तरकर्मी गगन अर्याल अघिल्लो साता त्यहाँ पुगेका थिए । हेरैं हुनमान ढोकाको पुनर्निर्माण भइरहँदा लोकान्तरकर्मी अर्यालले क्यामेरामा कैद गरेका केही तस्बिरहरु, 


 

salt training

कमेन्ट गर्नुहोस्