०४ असार २०८३, बिहीबार

नेपाल घुम्न आएका पर्यटक लागू औषधका कारोबारी

बैशाख १२, २०७५
नेपाल घुम्न आएका पर्यटक लागू औषधका कारोबारी

काठमाडौं, १२ वैशाख– पर्यटक भिसामा नेपाल घुम्न आएका एक विदेशी नागरिक प्रतिबन्धित लागू औषध (ड्रग्स्) सहित पक्राउ परेका छन् । 

महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौं ठमेलको सात घुम्तीबाट जोर्डन नागरिकलाई लागू औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोर्डन नागरिक याजिड नायल छन् । 

राहदानी नम्बर ०३२३५२३ बोकेका नायललाई लागू औषध एमफेटामिन ट्याब्लेट १४ थानसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए । 

प्रहरीले काठमाडौंबाट थप दुईजनालाई लागू औषधसहित पक्राउ गरेको छ । केही व्यक्तिको समूह प्रतिवन्धित नाइट्रोभेट र ट्रामा नामक लागू औषध बिक्री गर्दै हिँडिरहेको सूचनाका आधारमा काठमाडौं–७ बाट २ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ । 

पक्राउ पर्नेमा काठमाडौंको सरस्वतीनगरका २१ वर्षीय इभेन्द प्रसाईं र सोही ठाउँका २६ वर्षीय प्रविन थापा छन् । उनीहरुको साथबाट नाइट्रोभेट ९०० क्याप्सुल र ट्रामा ६०० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्