०६ असार २०८३, शनिबार

भारतीय फिल्मका तीन खान : कसको पारिश्रमिक कति ?

बैशाख १२, २०७५
भारतीय फिल्मका तीन खान : कसको पारिश्रमिक कति ?

भारतीय फिल्म उद्योगमा तीन खानको बर्चस्व छ । आमिर, सलमान र शाहरु खान । यी तीनै खानहरुलाई एउटै फिल्ममा हेर्न पाए हुने भन्ने उनीहरुका फ्यानहरुको मनासाय रहन्छ । 

यी तीन खानका फिल्म यति धेरै चल्छन् की फिल्म निर्माताहरु यी तीन खानलाई आफ्नो फिल्ममा खेलाउन हरसंभव प्रयास गर्छन् । 

यी तीन जनै खानका आ आफ्ना फिल्म निर्माण कम्पनी रहेका छन् । उनीहरु प्राय आफ्नै हाउसबाट फिल्महरु ल्याउने गर्छन् । आमिरले सलमान र शाहरुख भन्दा कम फिल्म खेल्छन् तर उनले आफ्ना फिल्ममा उत्कृष्टता दिएका हुन्छन् । जसका कारण सलमानलाई मिस्टर पर्फेक्सनिष्ट भनिन्छ ।

त्यस्तै शाहरु खानलाई किंग खान भनिन्छ भने सलमान लाई भाइजान । यी चर्चित भारतीय हिरोहरु कसले एउटा फिल्म खेल्दा कति रुपैयाँ लिने गरेका छन् त ?

शाहरुख खान
शाहरुख खान भारतीय फिल्ममा चर्चित पात्र हुन् । उनका धेरै फ्यान छन् । उनका अधिकांश जसो फिल्म हिट हुने भएका कारण फिल्म निर्माताले उनको चर्को माग शूल्कलाई पनि स्विकार गर्ने गरेका छन् । शाहरुख भारतमा धेरै कमाउने स्रेलेब्रेटिमा परेको फोव्र्सले जारी गरेको रिपोर्टमा समेत उल्लेख छ । उनले एक फिल्म खेलेको ५० देखि ६० करोड रुपैयाँ लिने गरेका छन् । 

सलमान खान

सलमान खान अभिनित फिल्म ट्युवलाईट फ्लप भएपनि उनका अन्य फिल्म हिट हुने गरेका थिए । उनले खेलेका फिल्मले बक्स अफिसमा धेरै कमाउने फिल्ममा नाम लेखाउने गरेका कारण पनि फिल्म निर्माताहरु उनलाई लिन कम्मर कस्छन् । उनले एउटा फिल्मबाट ५० देखि ६० करोड रुपैयाँसम्म लिने गरेका छन् । 

आमिर खान

आमिर खान मिस्टर पर्फेक्सनालिस्टका नामले चर्चित छन् । उनले वर्षमा कम मात्र फिल्म खेल्ने गरेका छन् धेरै जसो फिल्म उनले आफ्नो व्यानरमा बनाउने गरेका छन् । जहाँ उनले फिल्मको कमाई अनुसार नै आफ्नो रकम तय गर्छन् । उनको पछिल्लो फिल्म दंगलले निकै कमाई गरेको छ । हलमा चलेपछि भएको मुनाफाको ६० प्रतिशत उनले लिने गरेको समाचार केही सयम अघि सार्वजनिक भएको थियो । उनले प्रति फिल्म ४५ देखि ५० करोड पारिश्रमिक लिने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्