०९ साउन २०८३, शनिबार

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस मनाईंदै

बैशाख १३, २०७५
पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस मनाईंदै

काठमाडौं, १३ वैशाख–नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको १९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

विक्रम संवत् १९७८ सालमा काठमाडौंमा जन्मिएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । २०५१ को मध्यावधि निर्वाचनपछि नौं महिनासम्म प्रधानमन्त्री भएका अधिकारी आफ्नो गाउँ आफै बनाउँ र वृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बन्न पुगेका थिए । 

उनको नेतृत्वको ९ महिने सरकारले लोकप्रिय काम गरेको भनेर अहिले पनि चर्चा हुने गरेको छ । स्वर्गीय अधिकारी नेपाली राजनीतिमा निष्ठा र सदाचारका प्रतीक मानिन्छन् । 

‘भारत छोड’ आन्दोलनको क्रममा उनी भारतको बनारसमा जेल पनि परे । जेलमा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्पर्कमा आएपछि उनी कम्युनिष्ट पार्टीमा संगठित भएका हुन् । 

२००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व पनि उनले सम्हाले । लामो राजनीतिक संघर्षको क्रममा अधिकारीले १७ वर्ष जेल जीवन बिताए ।

salt training

कमेन्ट गर्नुहोस्