१४ असार २०८३, आइतबार

दाइका बारेमा अरबाजले भने – युवतीलाई छोडेर सलमान एक महिना पनि बस्न सक्दैनन्

कात्तिक २०, २०७४
दाइका बारेमा अरबाजले भने – युवतीलाई छोडेर सलमान एक महिना पनि बस्न सक्दैनन्
मुम्बई,२७ मंसिर– ‘कफी विथ करण’ कार्यक्रममा तीन बर्ष पहिला सलमान खानले आफू भर्जिन भएको दाबी गरेका थिए । हालै उनका भाइ अरबाज खानले सलमानको बारेमा अनौठो रहस्य खोलेका छन् ।


‘कफी विथ करण ५’को पछिल्लो एपिसोडमा बोल्दै अरबाज खानले भाई सलमान खान युवती र सेक्स बिना एक महिना पनि बस्ने नसक्ने बताएका छन् ।
कार्यक्रमको –यापिड फायर सिजन अन्तर्गत करणले अरबाजलाई ती को व्यक्ति हुन जो एक महिनासम्म बिना सेक्सको चुनौति स्वीकार्न सक्छन् भनेर सोधेको प्रश्नमा अरबाजले आफ्नो भाई सलमानको नाम लिएका थिए ।

अरबाजको यो कुरा सुनेर सलमान निकै हाँसेका थिए । अरबाजको यो कुरा सुनेर करणले सलमानलाई यो कुरा साँच्चिकै हो भनेर सोधेका थिए । जवाफमा सलमानले मलाई थाहा छैन् अरबाजले तपाइँलाई के बनाइदिए भनेका थिए भनेर कुरा टार्न खोजेका थिए ।

सलमानले भने ‘वर्कआउट र मेकआउट दुइजनाको बिना एक महिनासम्म रहन सक्दैन । ’कार्यक्रममा करणले सोधेका धेरैजसो प्रश्न निजी जीवनसँग सम्बन्धित थिए । कार्यक्रममा सलमान खान निकै मूडमा देखिन्थे । सलमानले आफू अहिलेसम्म भर्जिन भएको र आफ्नो गर्लफ्रेण्डसँग झुठो बोलेको पनि बताए ।

सलमानले आफू एक्लै सुत्न मनपराउने भन्दै आफ्नो पूरानो प्रेमिकाका बारेमा कुरा गर्न नचाहेको बताए । सलमान आफू र युवतीहरुका बीचमा मिडियामा गसिप नहोस् भनि चाहन्छन् । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्