२२ असार २०८३, सोमबार

उत्तर कोरियाली नेता उनलाई दक्षिणले ‘गार्ड अफ अनर’ प्रदान गर्ने

बैशाख १३, २०७५
उत्तर कोरियाली नेता उनलाई दक्षिणले ‘गार्ड अफ अनर’ प्रदान गर्ने

काठमाडौं, १३ वैशाख– ६५ वर्षपछि उत्तर कोरियाबाट हुन लागेको उच्चस्तरीय भ्रमणको तयारीमा दक्षिण कोरियाले कुनै कसर बाँकी नराख्ने गरी तयारी गरेको छ । उत्तरका नेता किम जोङ उनलाई दक्षिणमा सैनिकले सलामी अर्पण गर्नेछन् । 

शुक्रबार ‘गार्ड अफ अनर’ दिइने छ । त्यसपछि उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच शुक्रबार भेटवार्ता हुनेछ । 

अन्तर कोरियाली शिखर सम्मेलन अगावै दुई देशबीच 'मिलिटरी डिमार्केशन लाइन'मा भेट हुने एएफपीले जनाएको छ । कोरियाली प्रायद्वीपलाई विभाजन गर्ने सीमारेखा नजिक दुई नेताबीच भेट हुने भएको हो ।

निःशस्त्रीकरण गरिएको गाउँ पानमुनजोमको दक्षिणतर्फको भू–भागमा बनाइएको भवनमा दुई नेताबीच शिखर सम्मेलन हुँदैछ । ‘किमले सम्मेलनको बिहानीसत्र शुरु हुनु अगावै भवनमा प्रवेश गरेर अतिथि पुस्तिकामा हस्ताक्षर गर्नुहुने छ,’ दक्षिण कोरियाली राष्ट्रपतिका सचिव सचिव इम जोङ सियोकले जानकारी दिए ।

६५ वर्ष अगाडि कोरियन युद्धपछि दक्षिणमा पाइला टेक्ने उनी पहिलो उत्तरका नेता हुनेछन् । तनावपूर्ण अवस्थामा रहेको दुई देशबीचको सम्बन्ध पछिल्लो समय सुधार हुँदै गएको छ । 

शुक्रबार साँझ किमको बिदाइमा मुनले भोजको आयोजना गर्नेछन् । प्योङ्याङबाट आउने प्रतिनिधि मण्डलमा किमकी बहिनी किम यो जोङ पनि सहभागी हुने छिन् । 

उनी किमकी नजिककी सल्लाहकार हुन्। गत फेब्रुअरीमा उनले दक्षिणको भ्रमण गरेकी थिइन् । यो सम्मेलनलाई उत्तर–दक्षिणको मात्र सम्मेलको रूपमा मात्र हेरेका छैनौँ यो सम्मेलन अमेरिका र  उत्तर कोरियाबीचको सम्मेलनको रूपमा पनि हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्