०९ साउन २०८३, शनिबार

ओलीले भने–व्यानर झिक्ने केटाकेटीलाई सम्झाउनु पर्छ

बैशाख १३, २०७५
ओलीले भने–व्यानर झिक्ने केटाकेटीलाई सम्झाउनु पर्छ

काठमाडौं, १३ वैशाख–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा गृहमा माओवादी कार्यकर्ताले ब्यानर हटाउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । 

कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसमारमा वैशाख ९ मा आयोजना गरिएको एमाले माओवादीको संयुक्त कार्यक्रममा लेनिनको फोटो नराखेको र माओवादी केन्द्रको नाम माकेमात्र लेखेको भन्दै माओवादी कार्यर्ताले हल्ला गरेपछि व्यानर हटाइएको थियो । पछि माओवादीको तर्फबाट पनि पोस्टर थप गर्नेसहमति भएपछि कार्यक्रम भएको थियो । 

पोस्टर झिकेकोप्रति ओलीले असुन्तुष्टि जनाएका हुन् । 

उनले पुष्पलालको तस्वीर हटाउन केटाकेटीहरु उफ्रिएको ओलीको टिप्पणी थियो । उनले भने,‘इतिहास बोकेका व्यक्तिहरु मनमोहन, पुष्पलाल र मदन भण्डारीको फोटो राख्दा नहटाइ भएन । यस्ता केटाकेटीहरुलाई सम्झाउनु पर्छ ।

बनाएर व्यानर फालेर उफ्रनु र पञ्चायतको विरुद्धमा उफ्रनु फरक कुरा हो ।’

उनले पुष्पलाल, मनोमहन र मदन भण्डारीलाई फालेर कम्युनिष्ट आन्दोलन नरहने बताए । 

उनले कुनै पनि हालतमा पार्टी एकता भएरै छाड्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्