१६ असार २०८३, मंगलबार

संवैधानिक इजालासमा ५० वटा मात्र मुद्दा फर्छ्योट

बैशाख १३, २०७५
संवैधानिक इजालासमा ५० वटा मात्र मुद्दा फर्छ्योट

काठमाडौं, १३ वैशाख-सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फर्छ्योट भएको छ । 

सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५० वटा मात्र मुद्दा फर्छ्योट भएको बताए ।

ती मुद्दा विसं २०६६ देखिका हुन् । उनले हप्तामा दुई दिनमात्र संवैधानिक इजलासमा परेका मुद्दा भएकाले धेरै फर्छ्योट गर्न नसकिएको जानकारी गराए ।

संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र न्यायाधीशले हेर्ने गरेका छन् । अहिले सर्वोच्चमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेले हेर्न गरेका छन् ।

२०७२ सालको संविधानको धारा १३७ ले संवैधानिक इजलासको प्रावधान राखेको छ । संवैधानिक इजालसमा संविधानसँग बाँधिएका रिट निवेदन, संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तहबीचको संविधानका अधिकारबारे उठेको विवाद तथा संसद्का सदस्यको योग्यताबारे उठेका विवादसम्बन्धी मुद्दा हेर्ने गरिन्छ । 

विसं २०७२ को संविधान गठन हुनुभन्दा पहिले सर्वोच्चमा विशेष इजसालले संविधानसम्बन्धी उठेका विषय हेर्ने गर्दथ्यो ।

salt training

कमेन्ट गर्नुहोस्