०४ असार २०८३, बिहीबार

राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा सहित ४ अध्यादेश जारी

बैशाख १३, २०७५
राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा सहित ४ अध्यादेश जारी

काठमाडौँ, १३ वैशाख -राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न चारवटा अध्यादेश जारी गर्नुभएको छ । 

उहाँले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५ जारी गर्नुभएको हो । 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उहाँले मन्त्रिपरिषद्को सिफारिशमा ती अध्यादेश जारी गर्नुभएको हो । रासस

salt training

कमेन्ट गर्नुहोस्