१७ असार २०८३, बुधबार

विवाहकै दिन नवीनाले गरिन् ‘पूण्य काम’, खर्च कटाएर मिर्गौला पीडितलाई डेढ लाख सहयोग

बैशाख १३, २०७५
विवाहकै दिन नवीनाले गरिन् ‘पूण्य काम’, खर्च कटाएर मिर्गौला पीडितलाई डेढ लाख सहयोग

काठमाडौं, १३ वैशाख– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य (सांसद) नवीना लामाले आफ्नो विवाह खर्च कटाएर मिर्गौलासम्बन्धी रोगबाट पीडित व्यक्तिलाई सहयोग गरेकी छन् । 

लामाले आफ्नो विवाहको खर्च कटाएर दुवै मिर्गौला फेल भएर हाल वीर अस्पतालमा उपचाररत २५ वर्षीय प्रेम बगालेलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेकी हुन् । 

दुवै मिर्गौला फेल भएका बगाले अनेरास्ववियुका पाल्पा जिल्ला कमिटी अध्यक्ष हुन् । 

अनेरास्ववियुकी अध्यक्ष लामाले विहीवार आफ्नो १४ वर्षदेखिको प्रेमलाई बिहीवार प्रेममा परिणत गरेकी छन् । नवीनाले आफ्ना प्रेमी अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँगको लगनगाँठो कसेकी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्