२३ असार २०८३, मंगलबार

काँग्रेसका  दुई नेताद्वारा उपसभापतिमा दावी

बैशाख १३, २०७५
काँग्रेसका  दुई नेताद्वारा उपसभापतिमा दावी

काठमाडौँ, १३ वैशाख - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले आज उपसभापतिमा दाबी गरेका छन्  । 

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा आज नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आ-आफूले उपसभापति पाउनुपर्ने माग गरे । बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिएको  बताए  । 

गच्छदारअघि बोलेका  नेता श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दावी पेश गरेका थिए  । समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ । बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्