१६ असार २०८३, मंगलबार

आलोचना भएपछि शिक्षामन्त्रीले दिए यस्तो निर्देशन

बैशाख १३, २०७५
आलोचना भएपछि शिक्षामन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौँ, १३ वैशाख - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुमा स्वागतमा नाममा परम्परागत रुपमा गरिने फूलमाला र विद्यार्थीलाई लाइन लगाउनेजस्ता संस्कारहरु नगराउन निर्देशन दिएका छन्  । 

मन्त्री पोखरेल बुधबार गोरखाको पालुङटारस्थित अमरज्योति जनता मावि लुईंटेल पुग्दा विद्यार्थीहरुको लाइन देखेपछि अन्यन्त्रका विद्यालयमा पनि त्यस्तो कार्य नगर्न/नगराउन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलमार्फत निर्देशन दिएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
 शिक्षामन्त्रीलाई स्वागतका लागि बसेको विषयमा सामाजिक सञ्जालमा आयोलना भएपछि  यस्तो निर्देशन दिएको बुझिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्