२३ असार २०८३, मंगलबार

उत्कृष्ट ५ कृषकलाई सम्मान गर्दै कर्णालीका मुख्यमन्त्रीले भने, 'मागी खाने होइन, दिने बानी बसालौं'

बैशाख १४, २०७५
उत्कृष्ट ५ कृषकलाई सम्मान गर्दै कर्णालीका मुख्यमन्त्रीले भने, 'मागी खाने होइन, दिने बानी बसालौं'

सुर्खेत, १४ वैशाख- क्षेत्रीय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट साविक मध्यपश्चिमका ५ जना कृषक पुरस्कृत भएका छन् । शुक्रबार एक समारोहका बीच २५ हजार नगदसहित दैलेखका देवेन्द्रकुमार गोदान, सुर्खेतका प्रेमकुमार आचार्य, बाँके लालबहादुर सुनार, डोल्पाका रणजीत बोहोरा र सल्यानका सुरेशकुमार गाहा मगरलाई पुरस्कृत गरिएको हो ।

समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विगतमा मागी खाने बानी परेता पनि अब दिने बानी पार्न आग्रह गरे । 'विभिन्न संस्थाले कुखुरा दिए, बाख्रा दिए, अन्य अनुदान पनि दिए, तर ती हामीले काटेर खायौं,' उनले भने, 'अनुदान दिएको चीजलाई थप फलाउन लागेनौं र हामी मागेरखाने बानी पर्‍यो,' उनले भने ।

मुख्यमन्त्री शाहीले अब सरकारले ५ लाख अनुदान दिए ५ करोड पुर्‍याउने लक्ष्यका साथ कृषकहरू लाग्नुपर्ने बताए । 'सरकारले ५ लाख अनुदान दियो भने, त्यसलाई सही रूपमा गर्नुहोस, ५ करोड पुर्‍याउनुहोस्,' उनले भने, 'त्यसो गरेको खण्डमा हामी मागी खाने होइन, दिने खानेका रूपमा स्थापित हुन्छौं ।'

हरेक कृषक आत्मनिर्भर बन्न सके प्रदेश नै आत्मनिर्भर बन्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्