१५ असार २०८३, सोमबार

बाबुराम हिँडेको बाटोमा रुख तगारो बनेपछि ...

बैशाख १४, २०७५
बाबुराम हिँडेको बाटोमा रुख तगारो बनेपछि ...

काठमाडौं १४ वैशाख – नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई शुक्रवार आफ्नो निर्वाचन क्षेत्र गोरखा जाँदै थिए ।

कच्ची मोटरबाँटो हुँदै कार्यक्रमस्थल तर्फ जाँदै गरेका बाबुरामको यात्रालाई एउटा रुखले रोकिदियो । 

सालघारीको बाटोमा एउटा ठूलो रुख सडक वारपार हुनेगरि तेर्सिएको थियो । 

‘कार्यक्रम स्थलमा पुग्नै लागेको वेलामा अकस्मात रुख लडेर बाटो छेकेपछि क्या फसाद !’ भट्टराईले फोटो सहित ट्वीट गरेका छन् । सहयोगीहरुका अनुसार अहिले भने गन्तव्य स्थलमा पुगेका छन् ।
बाबुरामसँगै नयाँ शक्तिका गोरखा जिल्ला संयोजक रमेश पोखरेल पनि कार्यक्रममा जाँदै थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्