
काठमाडौं, १४ वैशाख–सौर्य एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । कैलालीको गेटास्थित क्षेत्रीय विमानस्थलमा अवतरण गर्ने क्रममा सौर्य एयरलाइन्सको नाइन एन एएमई विमान दुर्घटनाबाट जोगिएको हो ।
गेटा विमानस्थलमा अवतरणका क्रममा विमानको अगाडिको भागमा चरा ठोक्किएको थियो । चरा ठोक्किए पनि विमानलाई चालकहरूले सफल रूपमा अवतरण गराएका छन् ।
चरा ठोक्किएपछि विमानको अगाडिको भागमा केही क्षति पुगेको गेटा विमानस्थल स्रोतले जनाएको छ । चरा ठोकिएको जहाज धनगढीमा ल्यान्डिङ गरेर राखिएको छ ।
काठमाडौंबाट प्राधिविधिकको टोली मगाएर परीक्षण गरेपछि मात्रै विमान उडाउने/नउडाउने बारे निष्कर्ष निकालिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले बताए ।