
काठमाडौं, १४ वैशाख–उत्तर र दक्षिण कोरियाली प्रायद्वीपमा परमाणु कार्यक्रम रोक्न सहमत भएका छन् ।
शुक्रबार दक्षिण कोरियामा भएको महत्वपूर्ण शिखर वार्तामा उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच महत्वपूर्ण सहमति भएको छ । संयुक्त हस्ताक्षरसहित जारी भएको घोषणपत्रमा कोरियाली प्रायद्वीमा युद्ध नहुने र शान्तिको नयाँ युगको शुरुवात हुने उल्लेख गरिएको छ ।
दुबै देशबीच सबै खालका दुश्मनी पूर्ण कारवाही बन्द गरिने, दुवै दशबीच सीमा पार हुने प्रोपोगाण्डालाई रोकेर त्यहाँ सेनारहित क्षेत्रलाई शान्तिक्षेत्र बनाउने, सीमाका कारण विभाजित भएका परिवारलाई मिलाउने, दुबै देशलाई आधुनिक सडक र रेलवेसँग जोड्ने, दुबै देशले एशियन गेम्सहित बाँकी खेलमा सहभागीता जनाउनेलगायतका सहमित भएको बीबीसीले जनाएको छ ।
कोरिया विभाजनपछि उत्तर कोरियाका नेता पहिलोपटक दक्षिण कोरियाको भ्रमणमा गएका हुन् ।
९ सहयोगीसहित किम शुक्रबार दक्षिणको भ्रमणमा गएका हुन् । उनले दक्षिका राष्ट्रपतिसँग गोप्य वार्तासमेत गरेका छन् । त्यसपछि एक रुखमा माटो र पानी राखेका थिए ।
उनीहरुको भेटलाई दक्षिण कोरियामा निकै चासोका साथ हेरिएको छ ।