
काठमाडौं, १५ वैशाख–राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले योजना आयोगले पैसा बाँड्ने भन्दा पनि अव नीति र योजना बाँड्ने बताएका छन् ।
शनिवार त्रिभुवन बिश्वबिद्यालय केन्द्रिय ब्यवस्थापन बिभागद्धारा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. कँडेलले योजना आयोगलाई पुरानो ढर्रा भन्दा माथि उठेर समावेशी तरिकाले अघि बढाउने स्पष्ट पारे । उनले अव सिहंदरवारमा बसेर योजना बनाउने प्रबृत्ति भन्दा माथि उठेर मुलुकको दुर्गम क्षेत्रमा पुगेर योजना र निति निर्माण गरिने बताएका छन् ।
उनले त्रिभुवन बिश्वबिद्यालयबाट ब्यवस्थापन बिषयमा उच्च अध्ययन गरेका जनशक्तिलाई सम्वोधन गदै मुलुकमा कुशल ब्यवस्थापकको खाँचो रहेको औल्याए ।
उनले केन्द्रिय बिभागले आयोजना गरेको म्याराथुन दौडमा उत्कृष्ट धावकलाई पुरस्कार बितरण गदै बिभिन्न प्रतियोगिताका सहभागीहरुलाई सम्मान गरे ।
कार्यक्रममा त्रिभुवन बिश्वविद्यालय केन्द्रिय ब्यवस्थापन बिभागका प्रमुख प्रा डा भोजराज अर्यालले विश्वबिद्यालयको ब्यवस्थापन शिक्षालाई थप प्रभावकारी र समय सापेक्ष बनाउन सरकारले आावश्यक स्रोत साधनको ब्यवस्थापन गर्नु पर्ने बताए ।
मध्य पश्चिमाञ्चल बिश्वबिद्यालयका उपकुलपति डा.उपेन्द्र कोइरालाले ब्यवस्थापन शिक्षालाई नेतृत्व तहसम्म पुर्याउन शिक्षा प्रणालीलाई थप जिम्मेवारपुर्ण बनाउनु पर्ने बताए ।
कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालय ब्यवस्थापन संकायका प्राध्यापक डा सुनिती श्रेष्ठ, ब्यवस्थापनबिद् र बैक तथा बित्तिय सस्थाका प्रतिनिधिहरुले ब्यवस्थापनको क्षेत्रमा देखिएको चुनौतीको बिषयमा चर्चा गरेको बताए ।
कार्यक्रममा म्याराथुन धावक बैकुण्ठ मानन्धरले म्याराथुनको उद्धघाटन गरेका थिए । ब्यवस्थापन बिभागले बिभिन्न प्रतियोगिताहरुको आयोजना गरेको थियो । मुलुकको र्बैक तथा बित्तिय सस्था लगायत बिभिन्न क्षेत्रमा ब्यवस्थापनको जिम्मेवारी सम्हालेका जनशक्तिहरुलाईै एकै ठाँउमा भेला पारेको छ ।