११ असार २०८३, बिहीबार

मुन र किमको वार्ताबारे ट्रम्पको चासो

बैशाख १६, २०७५
मुन र किमको वार्ताबारे ट्रम्पको चासो

वासिङटन, १६ वैशाख- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिनुभएको छ । 

ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर सन्देशमा भन्नुभयो, “दक्षिण कोरियाली नेता मुनसँग भर्खरै लामो कुराकानी भएको छ । सबैकुरा राम्रोसँग अघि बढेका छन् ।

उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्नेे काम भैरहेको छ ।” जारी वार्ताका बिषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि कुराकानी भएको छ, ट्रम्पले भन्नुभयो । 

मुनले ऐतिहासिक शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमसँग शुक्रबार भेटवार्ता गरी स्थायी तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्ण निशस्त्रीकरण गर्ने बिषयमा सहमति गर्नुभएको थियो । 

दुई कोरियाली मुलुकमा सन् १९५० मा शुरू भउको करिब तीन वर्षको युद्धपछि युद्धविरामको सहमति भएपनि ६५ वर्षसम्म शान्ति सम्झौता भने हुनसकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्