०९ असार २०८३, मंगलबार

चक्कु प्रहारबाट चीनमा सात विद्यार्थीको हत्या

बैशाख १६, २०७५
चक्कु प्रहारबाट चीनमा सात विद्यार्थीको हत्या

काठमाडौं, १६ वैशाख– चीनको शानशी प्रान्तको एक स्कूलमा बाहिर एक आक्रमणकारीले सात विद्यार्थीको ज्यान लिएका थिए । 

चाकुबाट गरिएको आक्रमणका क्रममा अन्य १२ विद्यार्थी घाइते भएका छन् । मारिनेमा पाँच छात्रा र दुई छात्र छन् । 

प्रहरीले संदिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । 

अधिकारीहरुका अनुसार यो घटना मिजा क्षेत्रको एक स्कूलको नजिक भएको हो । सबै विद्यार्थी विद्यालय सकिएपछि घर फर्कदै थिए । 

चीनका प्रहरी अधिकारीहरुका अनुसार आक्रमणकारी त्यही स्कूलका पूर्व विद्यार्थी रहेको र उनको उमेर २८ वर्षको भएको बताएका छन् । प्रारम्भिक अनुसन्धानका अनुसार उ जब तेस्रो वर्षको कक्षामा थियो(यस कक्षामा रहने विद्यार्थीको औषत उमे १३ देखि १४ वर्षको हुन्छ ।) तेसबेला उसलाई दिइएको थियो र त्यसको बदला लिन चाहिरहेको थियो । 

पछिल्ला दिनमा चीनमा चाकू आक्रमणमा वृद्धि भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्