०५ साउन २०८३, मंगलबार

प्रतिपक्षको प्रतिक्रिया– ‘प्रधानमन्त्रीको सम्वोधन चुनावी भाषण जस्तो’

बैशाख १६, २०७५
प्रतिपक्षको प्रतिक्रिया– ‘प्रधानमन्त्रीको सम्वोधन चुनावी भाषण जस्तो’

बुटवल, १६ वैशाख-  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार प्रदेश सभामा गरेको सम्वोधन हावादारी भएको प्रतिक्रिया जनाएको छ । ओलीले पहिलो पटक प्रदेश नम्बर ५ को बैठकमा सम्वोधन गरेका थिए ।

कांग्रेस प्रदेश नम्बर ५ संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले प्रधानमन्त्री ओलीको सम्वोधन चुनावी भाषण जस्तो भएको टिप्पणी गरेकी हुन् । 

‘प्रधानमन्त्रीज्यूले कथा सुनाउनुभयो, तथ्यपरक कुरा केही गर्नुभएन’ उनले लोकान्तरसँग भनिन, ‘संघीय सरकारको प्रधानमन्त्रीले कम्तीमा प्रदेशले यिनी– यिनी कार्यक्रम अगाडि बढाउनुहोस । यसरी सफल हुन्छ भन्नुपथ्यो । उहाँले विगतको जस्तै हाँसो लाग्दो भाषण दिएर जानुभयो ।’ 

सम्वोधनका क्रममा ओलीले प्रदेशको विकासको लागि सहयोग गर्ने बताएका थिए । ‘योजनाबद्ध विकासका कुरा प्रधानमन्त्रीले गर्नुपर्छ । हावादारी बोलेर हुँदैन’ क्षेत्रीले भनिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्