२३ असार २०८३, मंगलबार

तालिबानसँगको गोली हानाहानमा अफगानिस्तानमा ९ प्रहरीको मृत्यु

बैशाख १६, २०७५
तालिबानसँगको गोली हानाहानमा अफगानिस्तानमा ९ प्रहरीको मृत्यु

काबुल, १६ वैशाख -अफगानिस्तानका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै हिंसाका घटनामा परी कम्तीमा नौ प्रहरी, एक महिला र दुई बालबालिका मारिएका छन् । 

बाडाख्सान प्रान्तको दुर्गम ठाउँमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि भएको गोली हानाहानमा परी नौजना प्रहरी मारिएका हुन् । स्थानीय प्रहरीले आइतबार दिएको जानकारीअनुसार घटनामा अरु दश जना घाइते भएका छन् । 

त्यसैगरी पूर्वी नानगाहार प्रान्तमा भएको विष्फोटनको घटनामा परी अफगान एक महिला र दुई बालबालिका पनि मारिएका प्राप्त अर्काे समाचारमा जनाइएको छ । 

प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोग्यानीले सिन्ह्वासँग आइतबार भन्नुभयो, “आइतबार बिहान ६ः३० मा सुर्ख रोडमा दुखद घटना भएको छ ।” 

उक्त घटनामा परी अर्का एकजना महिला र बालका घाइते भएका पनि समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्