०६ असार २०८३, शनिबार

बलात्कारविरुद्ध उत्रिइन् अनुष्का

बैशाख १६, २०७५
बलात्कारविरुद्ध उत्रिइन् अनुष्का

भारतीय सरकारले ल्याएको १२ वर्षभन्दा कम उमेरका बालिकाको बलात्कार गर्नेलाई फाँसीको सजाय दिने नयाँ कानुनको बलिउड अभिनेत्री अनुष्का शर्माले समर्थन गरेकी छन् ।

प्रायः सेलिब्रेटी सामाजिक मुद्दामा बोल्न डराउँछन् । तर, अनुष्काले भने आफ्नो धारणा स्पष्ट पारिन् । जसकारण अहिले उनले वाहवाही पाइरहेकी छिन् ।

अनुष्काले हालै एक कार्यक्रममा कठुवा सामूहिक बलात्कारबारे धारणा राख्दै बालिका बलात्कारीका लागि सरकारले ल्याएको नयाँ कानुनको समर्थनमा आफू रहेको बताएकी हुन् ।

उनले बलात्कारजस्तो जघन्य अपराधलाई निरुत्साहित पार्न कडा कानुन बनेकोमा खुसी व्यक्त गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्