३० असार २०८३, मंगलबार

कांग्रेसमा सहमति : पराजयको जिम्मा केन्द्रीय समितिले लिने, भदौमा महासमिति बैठक

बैशाख १६, २०७५
कांग्रेसमा सहमति : पराजयको जिम्मा केन्द्रीय समितिले लिने, भदौमा महासमिति बैठक

काठमाडौं १६ वैशाख – निर्वाचनमा व्यहोरेको पराजयको जिम्मा केन्द्रीय समितिले लिने र आगामी भदौ भित्र महासमितिको बैठक बोलाउने सहमतिपछि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुचारु भएको छ ।

चुनावमा पार्टी पराजयको जिम्मा मुख्य नेतृत्वले लिनुपर्ने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अडानका कारण केन्द्रीय समिति बैठक शनिवारदेखि बस्न सकेको थिएन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा साँझ शुरु बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने तयारी गरेका छन् ।

पराजयको जिम्मा केन्द्रीय समितिले लिने र भदौ भित्र महासमिति बैठक बोलाउने दुवै पक्षबीच सहमति भएपछि बैठक सुचारु भएको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए ।

बैठकको निर्णयमा के लेख्ने भन्ने सहमति जुटन नसक्दा आइतवार बिहान ९ बजेका लागि बोलाइएको बैठक साँझ मात्र शुरु भएको हो । 

अनौपचारिक छलफलका क्रममा भदौभित्र महासमिति बैठक बोलाउन सभापति शेरबहादुर देउवा राजी भएका छन् । 

शनिवार बिहान ९ बजे बस्नेगरी शुक्रवार अपरान्ह स्थगित भएको बैठक शनिवार बस्दै नबसी आइतवार सम्मका लागि स्थगित भएको थियो ।

बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

चुनावमा पार्टीले व्यहोरेको पराजयबारे समीक्षा गर्न गत चैत ९ गते शुरु भएको केन्द्रीय समिति बैठक आइतवार नै समापन गर्ने कांग्रेसको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्