०९ साउन २०८३, शनिबार

पाैडेलले पोखे कांग्रेसभित्रको विवाद, शशांक कोइरालाद्वारा गुट परिवर्तन !

बैशाख १६, २०७५
पाैडेलले पोखे कांग्रेसभित्रको विवाद, शशांक कोइरालाद्वारा गुट परिवर्तन !

काठमाडौं, १६ बैशाख– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिन नपाउँदै विवाद सतहमा आएको छ ।  आज सम्पन्न केन्द्रीय समिति बैठकबारे  वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तीब्र असन्तुष्टि जनाएको छ ।  

पार्टी कार्यालय परिसरमै नेता रामचन्द्र पौडेल पक्षधरले पत्रकार सम्मेलनको आयोजना गरी विधान विपरित बैठकले निर्णय गरेको आरोप लगाउँदै पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको बल देखाएको   आरोप लगाए । 

उनले केन्द्रीय समितिको बैठकबाट भएका निर्णय आफूहरुलाई मान्य नहुने भन्दै  यसको मूल्य पार्टीले  चुनाउनु पर्ने चेतावनी दिए । उनको पत्रकार सम्मेलनमा  गगन थापा, कल्याण गुरुङ, रामशरण महतलगायतका नेताहरुको सहभागिता रहेको थियो । 

यसअघि महामन्त्री शशांक कोइरालालाई राखेर प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमार्फत सर्वसम्मत रुपमा निर्णय गर्दै बैठक सम्पन्न भएको बताएका थिए ।   सो सँगै शशांक कोइरालाले गुट परिवर्तन गरेको बुझिएको छ । 

मुख्यगरी पदाधिकारी मनोनयन गर्न देउवाले भोलि बिहानको लागि केन्द्रीय समितिको बैठक बोलाएकोमा यसमा पौडेलको असन्तुष्टि रहेको बुझिएको छ । 

लामो बहसपछि आज सम्पन्न बैठकले   चुनावमा  हारको जिम्मा भने वाम गठवन्धनलाई लगाएको छ । 

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठवन्धन निर्माण गरी कांग्रेस चुनावमा पराजित भएको केन्द्रीय समितिले निष्कर्श निकालेको छ । यस्तै नेताहरूले आ–आफ्नो जिम्मेवारीअन्तर्गत पनि हारको जिम्मेवारी लिनुपर्ने कांग्रेस केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ । 

यसअघि चुनावमा भोगेको पराजयको जिम्मेवारी कसेले लिने भन्ने विवादले कांग्रेसको शनिवार बस्ने बैठक बस्दै नबसी स्थगित भएको थियो । बिहीवार नै सकिने भनिएको बैठक चुनावी हारको जिम्मा कसले लिने भन्ने विवादका कारण आइतवारसम्म लम्बिएको थियो । 

आइतवार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले आगामी भदौ महिनाभित्र महासमितिको बैठक बोलाउने निर्णय पनि गरेको छ । यद्यपि बैकठ भदौ कति गतेदेखि शुरु हुनेछ भन्ने विषयमा भने कुनै निर्णय भएको छैन ।
 
गत चैत ९ गतेदेखि कांग्रेस बैठक  सुरु भएको थियो । सो बीचमा नेता खुमबहादुर खड्काको निधन भएपछि बैशाख ९ देखि पुन बैठक बसेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्