१६ असार २०८३, मंगलबार

खाद्य संस्थानमा चामल अभाव

बैशाख १७, २०७५
खाद्य संस्थानमा चामल अभाव

भोजपुर, १७ वैशाख-  खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ । दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताउनुभयो । 

यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने चामल दुई महिना अगाडिदेखि नै सकिएको प्रमुख भण्डारीको भनाइ छ । 

जिल्लामा यस वर्ष ५०० क्विन्टलको लागि बोलपत्रको आह्वान भइसकेको छ । टेण्डर प्रक्रियामा ठेकेदारको ढिलाइका कारण खाद्य संस्थानमा चामलको अभाव भइरहेको छ । 

खाद्य संस्थानमै चामलको मौज्जाद नभएपछि कुनै पनि समय जिल्लामा हुन सक्ने दैविक प्रकोपमा आपत्कालीन रुपमा खाद्यान्न वितरण गर्नुपर्ने खण्डमा भने समस्या हुनसक्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्