१२ असार २०८३, शुक्रबार

महिला रेसलर थोरै कपडामा देखिएपछि साउदी अरबमा हंगामा

बैशाख १७, २०७५
महिला रेसलर थोरै कपडामा देखिएपछि साउदी अरबमा हंगामा

साउदी अरबको खेल प्रशासनले रेसलिङ खेल प्रसारणका बीचमा कम कपडा लगाएका महिला रेसरल देखाउनु परेकोमा माफीमा मागेको छ । 

जेहादमा विश्व रेसलिङ एन्टरटेन्मेन्ट (डब्ल्यूडब्ल्यूई) को ग्रेटेस्ट रोयल रंबल कार्यक्रममा यस्तो घटना भएको हो । 

यस कार्यक्रममा कुनै पनि महिला रेसलरलाई भाग लिन दिइएन तर एक प्रमोशनल भिडियोमा महिला रेसलर वाला हिस्सा पनि प्रसारण गरिएको थियो । 

यो प्रमोशशनल भिडियो फाइटका बीचमा एरिनामा लगिएको विशाल टीवी स्क्रीनमा देखिएको थियो । यसपछि तुरुन्त सरकारी च्यानले प्रसारण रोकेको थियो । 

साउदी अरबको मान्यता स्पोर्टस् अथोरिटीले प्रसारण भएको यो दृश्यलाई अभद्र बताउँदै खेद जनाएको छ । 

साउदी अरबमा रेसलिङको यस्तो कार्यक्रम आयोजनाका बारेमा सोच्नुपनि कुनै समयका लागि मुस्किल थियो । 

तर पछिल्लो एक दुई दिनमा यो मनोरञ्जन गतिविधि साउदी अरबमा यसवर्ष पहिलोपटक आयोजना भएको हो । 

तर साउदी अरबको च्यानलमा लाइभ प्रसारित भएको यो कार्यक्रमले कयौं स्थानीय मानिसको भावनामा ठेस पुगेको छ । जब स्क्रीनमा महिला रेसलर्सवाला प्रमोशनल फिल्म देखाइएको थियो । 

यो दृश्य देखाइने वित्तिकै सरकारी टिभीको कभरेज बन्द भएको थियो तर सामाजिक सञ्जालमा कट्टरपन्थी साउदी जनताले आलोचना शुरु गरे । 

यस कार्यक्रमलाई लिएर डव्ल्यडव्ल्युइले आलोचनाको समना गरिरहेको छ । उसले साउदी परम्पराको अगाडि भफुक्दै महिला रेसलरलाई यो इभेन्ट बाट टाढाँ राखेको थियो । 

यो कार्यक्रम ६० हजार सीट क्षमतावाला किंग अव्दुल्ला स्पोर्टस सिटी स्टेडियममा पुरुष महिला तथा बच्चाले भरिएको थियो ।महिला तब मात्र आउँन सक्थिइन् जब उनको साथ कोही साथी हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्