
काठमाडौं, १७ बैशाख- “योर पार्टनर फर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाली संगीतकर्मीको उथानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग स्वरुप रु १५ लाख उपलब्ध गराएको छ । हरेकवर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागिकार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो एघाराँै बार्षिक उत्सवको उपलक्ष्यमा यस संघलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमारू पन्ध्र लाखको चेकसंगीतकार संघकाअध्यक्षश्री लक्ष्मण शेष विडारीलाई बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंगशर्माद्वारा हस्तान्तरण गरियो । संघका अध्यक्ष लक्ष्मण शेषले उक्त रकम मेची – महाकाली साङ्गगितिकत अभियान नामक कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न प्रयोग गरिने कुरा जानकारी गराए । कुनै पनि स्रष्टा स्वास्थ्यको कारण अशक्त भएको वाउपचार गर्न आर्थिक कठीनाइ व्यहोरेको पाईएमा आर्थिक रुपमा केही सहयोग गर्न सकियोस् भनि संगीतकर्मी कल्याणकारी कोषको स्थापना गरी केही स्रष्टा–सर्जकहरु तथा संगीतकारहरुलाई आर्थिक सहयोग गर्ने कार्यको निरन्तताका निम्ति उक्त रकमको पारदर्शी ढंगले सदुपयोग गर्नुपर्ने विचार बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले व्यक्त गरे ।
बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमाआफ्नो ६८ वटा शाखाहरु र ६८ वटा ए.टि.एम.बाट करिब तीनलाखपैतिस हजार ग्राहकवर्गलाई गुणस्तरीय बैकिङ्ग सेवा पु¥याउँदै आईरहेको यस बैंकले आर्थिक वर्ष २०७४।७५ को तेस्रो त्रयमास सम्ममा रु.६० अर्व २५करोड निक्षेप संकलन गरि रु. ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको तथा सोहि अवधिभित्र रु.१ अर्व १७ करोड ७४ लाख संचालन मुनाफा र रु १ अर्व ९८ लाख खुद नाफा आर्जन गरेकोे छ जुन गतवर्ष सोहि अवधिका तुलनामाक्रमस ३२ दशमलव ७२ प्रतिशत र १४ं दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ ।