१२ असार २०८३, शुक्रबार

फेसबुकमा जथाभावी लेख्नेलाई ५ वर्ष जेल, ७ लाख ६५ हजार जरिवाना

बैशाख १७, २०७५
फेसबुकमा जथाभावी लेख्नेलाई ५ वर्ष जेल, ७ लाख ६५ हजार जरिवाना

जाकार्ता, १७ वैशाख– फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । 

इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । 

इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ । 

विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी भएका छन् । उनले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाएका थिए । 

“उनलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै ७ हजार २ सय अमेरिकी डलर (७ लाख ६५ हजार नेपाली रूपैयाँ) जरिवाना पनि गरिएको छ,” बहारीका वकील अन्डी कोमाराले भने, “हामीले यस फैसलाको पुनरावलोकन गराउने छाैं, किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।” 

कारबाहीमा परेका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुन् । 

salt training

कमेन्ट गर्नुहोस्