१२ साउन २०८३, मंगलबार

किमलाई भेट्न आतुर छन् ट्रम्प, शिखर वार्ताका लागि यस्तो ठाउँ रोजे

बैशाख १७, २०७५
किमलाई भेट्न आतुर छन् ट्रम्प, शिखर वार्ताका लागि यस्तो ठाउँ रोजे

वासिङ्टन, १७ वैशाख– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग हुने भनिएको शिखर वार्ता कोरियाली सीमाक्षेत्रमा नै गर्न सकिनेतर्फ संकेत गरेका छन् । 

ट्रम्पले ट्वीटरमा लेखेका छन्, “बैठकका लागि कैयौँ मुलुकहरू उचित भनी व्यक्त भएका छन् । तर तेस्रो मुलुकभन्दा उत्तर र दक्षिण कोरियाको सीमास्थित शान्ति ÷स्वतन्त्रता गृह नै शान्ति र स्थायित्वका लागि धेरै प्रतिनिधिमुलक हुन सक्दैन र ?” 

ट्रम्पले ट्वीटरमार्फत उत्तर काेरियाली नेता किमलार्इ भेट्न अातुर रहेकाे सन्देश पनि दिएकाे कतिपयकाे विश्लेषण छ । 

उत्तर कोरिया र दक्षिण कोरियाको सैन्य निषेधित क्षेत्र तथा सिमानामा रहेको कोरियाली युद्धविरामस्थल पानमुनजोममा रहेको शान्ति गृहमा गत शुक्रबार नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनबीच ऐतिहासिक शिखर सम्मेलन भएको थियो । 

दुई कोरियाबीच सन् १९५३ मा युद्धविराम भएदेखि नेता किम दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने पहिलो कोरियाली नेता हुन् । नेता किम दक्षिण कोरियाली राष्ट्रपति मुनसँगै सिमानाको दक्षिणी भागबाट शान्ति गृहमा प्रवेश गरेका थिए ।

कोरियाली प्रायदीपलाई पूर्णरूपमा आणविक निशस्त्रीकरण गर्न कोरियाली प्रतिवद्धताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीचको शिखर सम्मेलनको तयारी भइरहेको छ । सोलका अनुसार उत्तर कोरियाले आफ्ना आणविक हतियार परीक्षणस्थललाई केही हप्ताभित्रमा बन्द गर्ने र यसको पुष्टिका लागि अमेरिकी विज्ञलाई निमन्त्रणा गर्ने वाचा गरेको छ । 

यदि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरूद्ध घुसपैठ नगर्ने वाचा गर्ने हो भने प्योङयाङलाई आणविक हतियारको आवश्यकता नरहने नेता किमले मुनसँगको कुराकानीमा बताएका दक्षिण कोरियाली अधिकारीले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्