२३ असार २०८३, मंगलबार

बेरोजगार दर घट्दो

बैशाख १७, २०७५
बेरोजगार दर घट्दो

 पोर्चुगल, १७ वैशाख- पोचुगलको बेरोजगार दर सन् २००४ को अप्रिलपछि फेब्रुवरीसम्मकै सबैभन्दा निम्न विन्दुमा झरेको यहाँको राष्ट्रिय तथ्याङ्क विभाग (आइएनई) ले सोमबार सार्वजनिक गरेको छ । 

आइएनईले फेब्रुवरीका लागि बेरोजगारी दर ७.८ प्रतिशत हुने अपेक्षा गरेकोमा यसमा ०.२ प्रतिशत कम अर्थात् ७.६ भएको बताएको छ । यो जनवरीको तुलनामा ०.३ प्रतिशतले कमी हो । 

सन् २०१६ को सोही महिनाको तुलनामा यसवर्षको बेरोजगारी दरमा ४.३ प्रतिशत र सन् २०१७ को तुलनामा २.३ प्रतिशतले घटेको र यसलाई महत्वपूर्ण सुधार मानिएको सरकारले जनाएको छ । 

परम्परागतरूपमा पर्यटनका लागि वर्षको शुरू त्यति उत्साहजनक नहुने मानिएपनि बेरोजगार दर घट्नुलाई एक सकारात्मक सूचकका रूपमा लिइएको आइएनईले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्