काठमाडौँ- राष्ट्रिय सभाका सांसदको पदावधिबारे एमाले–माओवादी र अन्य दलबीच विवाद भएको छ । राष्ट्रिय सभाका ५९ सांसदमध्ये एकतिहाइको पहिलो २ वर्षमा, अरू एकतिहाइको ४ वर्ष र बाँकीको ६ वर्ष कार्यकाल हुने संवैधानिक व्यवस्था छ । तर, कुन सांसदको पदावधि कति हुने भन्ने नियमावली बनाउने सवालमा विवाद भएको हो ।
एमाले र माओवादी सांसदले प्रदेशको समावेशिताका आधारमा गोलाप्रथा गर्नुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेस तथा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले भने ५९ वटै गोला एउटै बास्केटमा राखेर टिप्नुपर्ने अडान राखेका छन्, नयाँ पत्रिकामा खबर छापिएको छ ।