
काठमाडौं, २० वैशाख – दुई साध्वीमाथि बलात्कार गरेको आरोपमा डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीम कारागारमा रहेका छन् । उनी जेल परेपछि डेरा कसले चलाउने भन्ने विषयमा प्रश्न उठेको थियो । उनका छोरा वा ज्वाईंले डेरा चलाउने सम्भावना औंल्याइएको थियो ।
डेराका बारेमा जानकारी राख्ने मानिसहरूका अनुसार, राम रहीमले त्यो व्यक्तिलाई मात्र डेरा प्रमुख बनाउँछन् जसले खुरुखुरु उनले भन्नेबित्तिकै गद्दी सुम्पिऊन् ।
जेलमा राम रहीमलाई सबभन्दा बढी भेट्ने मानिस उनकी आमा नसीब कौर हुन् । अप्रिल २९ मा डेराको स्थापना दिवसमा हजारौं श्रद्धालुहरूका बीचमा सबभन्दा बढी सक्रिय नसीब कौर नै थिइन् ।
राम रहीम जेलबाट बाहिर नआउन्जेल डेराको सत्ता नसीबले नै चलाउने मानिएको छ । शायद राम रहीमले आफ्नै आमालाई बढी भरोसा गर्छन् ।
राम रहीमकी आमाको नेतृत्वमा तमाम नाम चर्चामा छन् । तर अहिले प्रहरीले डेरामा सभा गर्ने अनुमति दिएको छैन । २९ अप्रिलमा हजारौं डेरा अनुयायीहरू सिरसा पुगेका थिए । प्रहरीले उक्त दिन अनुयायीहरूलाई बुझाउने कोशिश गरेको भएपनि उनीहरू त्यहाँ पुगिछाडे ।
डेरासँग जोडिएका केही पुराना मानिसका अनुसार राम रहीम बाँचुन्जेल आफ्नो गद्दी पूर्ण रूपमा कसैलाई सुम्पिनेछैन । आफूभन्दा बढी विश्वास ऊ अरू कसैलाई गर्दैन । नसीब कौरलाई गद्दीमा राखेको पनि देखावटी मात्र हो ।
नसीबलाई तमाम आदेश उसले जेलमा भेटघाटकै क्रममा दिने गरेको छ । नसीब आदेश पालन मात्र गर्छिन् ।
एजेन्सी