१८ असार २०८३, बिहीबार

चीनमा रिलिज हुनुअघि नै बाहुबली–२ ले बनायो कीर्तिमान, दंगललाई पछा–यो

बैशाख २०, २०७५
चीनमा रिलिज हुनुअघि नै बाहुबली–२ ले बनायो कीर्तिमान, दंगललाई पछा–यो

काठमाडौं, २० वैशाख – सन् २०१७ मा रिलिज भएको सुपरहिट फिल्म बाहुबली–२ ले बक्स अफिसमा बेस्सरी कमाइ गरेर कीर्तिमान कायम गरेको थियो । अब यो फिल्म शुक्रवार चीनमा समेत रिलिज हुँदैछ । फिल्मले रिलिजपूर्व नै आमिर खानको दंगलको रेकर्ड तोडेको छ । 

चीनमा सात हजारभन्दा बढी स्क्रीनमा बाहुबली रिलिज हुने ट्रेड एलालिस्ट रमेश बालाले ट्विटरमा जानकारी दिए ।

दंगलले करीब सात हजार स्क्रीन पाएको थियो भने बजरंगी भाईजानले आठ हजार स्क्रीन पाएको थियो । आमिरकै सिक्रेट सुपरस्टारले भने ६ हजारभन्दा बढी स्क्रीन पाएको थियो । 

बाहुबली–२ ले चीनमा प्रिसेल्स र एड्भान्स बूकिङमा अढाइ करोड रुपैयाँ कमाइसकेको छ । 

बाहुबलीप्रतिको क्रेज देख्दा चीनमा पनि यसले बेस्सरी कमाउने सम्भावना देखिन्छ । दंगलले चीनमा कमाएको २० अर्ब रुपैयाँको रेकर्डलाई बाहुबलीले तोड्ला त ?

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्