०९ असार २०८३, मंगलबार

मोदीको सुरक्षामा पाँच हजार सुरक्षाकर्मी, दुईदिने विशेष सुरक्षा योजना तयार

बैशाख २१, २०७५
मोदीको सुरक्षामा पाँच हजार सुरक्षाकर्मी, दुईदिने विशेष सुरक्षा योजना तयार

काठमाडौँ, २१  वैशाख - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले दुईदिने विशेष सुरक्षा योजना तयार पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी २८ गते नेपाल आउँदै छन् । उनको  दुईदिने नेपाल भ्रमणलाई सुरक्षित र प्रभावकारी बनाउन विशेष सुरक्षा योजना तयार पारिएको हो । 
विशिष्ट पाहुनाको सुरक्षामा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रमुख विश्वराज पोखरेलले सुरक्षा योजनाको विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने बताए , गोरखापत्रमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्