१० साउन २०८३, आइतबार

रोनाल्डोको एक गोल जसले मार्सेइली फाइनलमा पुग्याे

बैशाख २१, २०७५
रोनाल्डोको एक गोल जसले मार्सेइली फाइनलमा पुग्याे

काठमाडौं, २१ वैशाख– मार्सेइली युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ । अतिरिक्त समयको गोलको सहयोगमा जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो ।

सेमिफाइनलको दोस्रो लेग अन्तर्गत बिहीबारराति भएको खेलमा मार्सेइली रेड बुल साल्जबर्गसँग २–१ ले पराजित भयो । तर, समग्रमा ३–२ को जितसहित उसले फाइनलमा स्थान पक्का गरेको हो । 

बिहीबार राति आफ्नो मैदानमा भएको खेलमा निर्धारित समयमा रेड बुल साल्जबर्गले २–० को अग्रता लियो । यसले गर्दा खेलमा २–२ को बराबरी भयो र अतिरिक्त समयमा धेकेलियो । ११६ औँ मिनेटमा रोनाल्डोले मार्सेइलीका लागि महत्वपूर्ण गोल गरे । त्यसपछि साल्जबर्गका लागि ५३ औँ मिनेटमा एमाण्डोउ हैदरले गोल गरेका थिए ।

यस्तै ६५ औँ मिनेटमा मार्सेइलीका बोउना सारले आत्मघाती गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । तर रोनाल्डोको गोलले मार्सेइली फाइनलमा पुग्यो । उसले अब उपाधिका लागि स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । एथ्लेटिको बिहीबारराति नै भएको खेलमा आर्सनललाई हराउँदै फाइनलमा पुगेको छ ।

गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा इंग्लिश क्लब आर्सनललाई १–० ले हराँउदै एथ्लेटिको मड्रिड फाईनलमा पुगेको हो । एथ्लेटिको मड्रिड र मार्सेबीचको युरोपा लिग फाईनल खेल यही मे १६ तारिखका दिन फ्रान्सको लियों शहरमा आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्